• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    शिक्षक आन्दोलनका क्रममा सरकारले दमन गरेको भन्दै विपक्षी दलको विरोध

    1.8K
    SHARES



    काठमाडौँ । विपक्षी दलका सांसदहरूले शिक्षकहरूको आन्दोलनका क्रममा सरकारले दमन गरेको भन्दै विरोध गरेका छन् ।

    सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनीहरूले शिक्षकहरूसँग सहमति गर्नुको साटो उनीहरूमाथि दमन गरिएको भन्दै विरोध जनाएका हुन् ।

    नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शान्तिपूर्ण रूपमा धर्ना बसेका शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै भर्त्सना गरे । संविधान निर्माणसंगै समयमा नै नयाँ ऐन बनाउन नसकेकाले शिक्षकहरू बाध्य भएर आन्दोलनमा आउनुपरेको उनले बताए । उनले ऐन जारी गर्नुपर्ने शिक्षकहरूको जायज मागलाई सम्बोधन नगरी दमनमा उत्रनु उचित नभएको जिकिर गरे ।

    त्यस्तै रास्वपा सांसद सुमना श्रेष्ठले शिक्षकहरूमाथि राज्यले गरेको दमनको विरोध गर्दै शिक्षकहरूको जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिइन् । उनले बालबालिकाहरूको पढ्ने अधिकार हनन भइरहेको अवस्थामा सरकारले तत्काल निकास निकाल्नुपर्ने बताइन् ।

    त्यस्तै राप्रपा सांसद रोशन कार्कीले शिक्षक आन्दोलनमा घुसपैठ गराएर सरकारले दमन गरेको आरोप लगाइन् । शिक्षा ऐन पारित गर्दै शिक्षकहरूलाई पठनपाठन गर्ने वातावरण बनाउन उनले माग गरिन् ।

    त्यस्तै सांसदहरूले घाइतेहरूको उपचारको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएका थिए । आइतबार राजधानीमा भएको प्रदर्शनका क्रममा शिक्षकहरुमाथि प्रहरी हस्तक्षेप भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ