मस्को । अमेरिकी दूत स्टिफ विटकोफ र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीच मस्कोमा शुक्रबार तीन घण्टा लामो वार्ता भएको छ ।
रुसी प्रतिनिधिमण्डलका युरी युसाकोभले युक्रेनसँगको प्रत्यक्ष वार्ताका लागि केही विषय अझै बाँकी रहेको बताएका छन् । अमेरिकाले सो वार्तामा भएको विषयलाई बाहिर ल्याएको छैन । तथापि राष्ट्रपति ट्रम्पले सामान्य रूपले प्रक्रिया अघि बढेको बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्ण र निःशर्त वार्ताको तयारी भए पनि भूगोल र सीमाको विषयमा छलफल हुने बताए । अमेरिकी प्रयासमा शान्ति सम्झौतामा उल्लेख गरिए बमोजिम धेरै मात्राको भूभाग रुसलाई दिएर युद्ध विराम गर्न युक्रेन तयार भइसकेको जनाइएको छ ।
ट्रम्पले सन् २०१४ देखि कब्जामा लिइएको क्रिमिया रुसलाई वैध रूपमा दिएर वार्ता अघि बढाउने तयारी गरेका छन् । विटकोफले यो वर्ष मात्र मस्कोको चौथो भ्रमण हो ।
ट्रम्पले बारम्बार युक्रेनलाई युद्ध विरामका लागि दबाब दिइरहेको समयमा जेलेन्स्कीले एक दिन अघि मात्र क्रिमिया अन्य कसैलाई दिने अधिकार युक्रेनी नागरिकमा मात्र भएको बताएका थिए ।
युद्ध पूर्ण रूपमा अन्त्य हुने विषयमा भूगोलको सीमाको विषयमा कुरा गर्न जेलेन्स्की तयार भएको जनाइएको छ । टाइम म्यागेजिनसँगको पछिल्लो अन्तरवार्तामा भने जेलेन्स्कीले अमेरिकी प्रस्ताव मान्ने पक्षमा आफूलाई तयार राखेका थिए ।
प्रतिक्रिया