• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

प्रदेश समाचार सुदुरपश्चिम सूचना केन्द्र

अछामको जयगड बजारमा भीषण आगलागी, पसलमा रहेको तेल र ग्यासले बढायो खतरा

6K
SHARES



काठमाडौं। अछामकाे जयगड बजारमा आग्लागी भएकाे छ । स्थानीय जानकी क्षेत्रीका अनुसार मंगलबार साँझ बजारकाे एक पसलबाट आगाे सुरु भएको हाे ।

समाचार तयार पार्दासम्म पनि आगो नियन्त्रणमा आउन सकेको छैन । पसलमा रहेको तेल र ग्यास सिलिन्डरका कारण आगो अझै फैलिँदै गएको छ ।

घटनास्थलमा दमकल नपुगेको कारण आगोको फैलाव अझै बढ्दै गएको छ । सदरमुकाम मङ्गलसेनबाट दमकल पठाइएको खबर प्राप्त भए पनि हालसम्म घटनास्थलमा दमकल पुग्न सकेको छैन ।

प्रहरी र स्थानीय प्रशासनले आगो नियन्त्रण गर्नका लागि प्रयास गरिरहेका छन्, तर घटनाको विस्तृत कारण र क्षतिबारे हालसम्म केही थाहा भएको छैन ।

लामो समयदेखि पानी नपरेको कारण देशका विभिन्न स्थानमा आगलागीका घटनाहरू बढिरहेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ