• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    पुटिनद्वारा ट्रम्पको पूर्ण युद्धविराम प्रस्ताव अस्विकार

    1.8K
    SHARES



    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा तत्काल पूर्ण युद्धविराम अस्विकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको संवादका क्रममा उनले केवल उर्जा प्रणाली तथा संरचनामाथिको आक्रम रोक्ने सन्दर्भमा मात्रै सहमति जनाएका छन् ।

    पुटिनले दीर्घकालीन युद्धविराम सम्झौतामा हस्ताक्षर गर्न अस्विकार गरे । ट्रम्पको टोलीले हालै मात्र साउदी अरेबियामा युक्रेनी प्रतिनिधिहरुसँग वार्ता गरेको थियो । पुटिनले, ‘वृहत ढाँचाको युद्धविराम त्यति बेला मात्रै काम गर्ने छ, जब युक्रेनले पाइरहेको सैन्य सहायता र खुफिया सूचना आदान प्रदान बन्द हुन्छ ।’

    युक्रेनका युरोपेली सहयोगीहरुले भने पहिल्यै यस्ता शर्त अस्विकार गरेका छन् । यद्यपि, पुटिन र ट्रम्प मध्यपूर्वमा आगामी शान्ति वार्ता तुरुन्त गर्नेमा भने सहमत भएका छन् ।

    गएको मंगलबार मात्रै अमेरिकी प्रतिनिधिमण्डल र युक्रेनी समकक्षीबीच भएको वार्तामा तत्काल ३० दिने युद्धविराम गर्न सकिने सहमति जुटेको थियो । तर, त्यसमा पुटिन सहमत हुन सकेका छैनन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ