• आज : २०८१ चैत्र, ०५

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज : २०८१ चैत्र, ०५

    समाचार

    पाटन संयुक्त क्याम्पसमा विद्यार्थीबीच कुटाकुट, मतदान अवरुद्ध

       सञ्चारकेन्द्र    २०८१ चैत्र ०४ गते   ०५:२८ बजे
    1.8K
    SHARES



    काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूबीच कुटाकुट भएको छ।

    मंगलबार जारी मतदानमा फर्जी मतदाताको विषयलाई लिएर दुई संगठनबीच विवाद चर्किएको थियो। एक जना विद्यार्थीको परिचयपत्र प्रयोग गरी सात जनाले मतदान गरेको आशंकापछि स्थिति तनाबग्रस्त बनेको हो।

    करिब १०० विद्यार्थीले मतदान गरिसकेपछि विवाद उग्र बनेर झडपमा परिणत भएको थियो। विवाद समाधानका लागि सर्वपक्षीय बैठक चलिरहेका बेला क्याम्पस बाहिर विद्यार्थी संगठनका कार्यकर्ताबीच कुटाकुट भएको छ।

    तनाव बढ्दै गएपछि अहिले निर्वाचन प्रक्रिया स्थगित गरिएको छ। अनेरास्ववियु लगायतका केही विद्यार्थी संगठनहरूले मतदान प्रक्रियामा असहमति जनाउँदै सहभागी नहुने घोषणा गरेका छन्। उनीहरूले निर्वाचन समितिलाई ज्ञापनपत्र बुझाउँदै निष्पक्षता नभएको आरोप लगाएका छन्।

    यसैबीच, नेविसंघका प्रतिनिधिहरूले भने अनेरास्ववियुले पराजयको डरले निर्वाचन विथोल्न खोजेको आरोप लगाएका छन्। हाल स्थिति नियन्त्रणमा ल्याउन क्याम्पस प्रशासन, निर्वाचन समिति, र विद्यार्थी संगठनहरूबीच छलफल जारी छ।

      
    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ