• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    एसइई परीक्षा २०८१ को सबै तयारी पूरा

    761
    SHARES



    भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

    बोर्डले प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र आवश्यक अन्य सबै सामान प्रत्येक जिल्लामा पठाइसकेको र परीक्षा आगामी चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने परीक्षा नियन्त्रण कार्यालयका कक्षा-१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

    यसवर्षको एसइई परीक्षामा कुल ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी हुनेछन्, जुन गतवर्षको तुलनामा ४९,२८६ जना बढी हो। परीक्षा सञ्चालनका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा केन्द्रमा १५० परीक्षार्थीसम्म भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष र २० विद्यार्थीको लागि एक जना निरीक्षक रहनेछन्।

    यसवर्ष केही विशेष व्यवस्था गरिएको छ, जस्तै बाल सुधार केन्द्र र कारागारबाट समेत विद्यार्थीहरूले परीक्षा दिन सक्ने व्यवस्था गरिएको छ। साथै, कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थीहरू एसइईमा सहभागी हुनेछन्।

    परीक्षाका सबै विषयहरूको परीक्षा तालिका तय गरिएको छ। पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी, संस्कृत, र मदरसाको अरबी भाषा परीक्षा हुनेछ।

    परीक्षाको नतिजा यसवर्ष पनि लेटर ग्रेडिङ प्रणालीमा प्रकाशित हुनेछ, र ७० प्रतिशत उत्तीर्ण दर पुर्याउने लक्ष्य राखिएको छ। गतवर्ष २०८० मा ४८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ