कजाकिस्तानको अक्ताउ सहरमा बुधबार एउटा यात्रुवाहक जहाज दुर्घटना भएको छ । स्थानीय अधिकारीका अनुसार विमानमा ६७ जना सवार थिए ।
कजाकिस्तानको आपतकालीन मन्त्रालयका अनुसार विमानमा सवार २५ जना यात्रुहरू जोगिएको र ती मध्ये २२ जनालाई अस्पताल लगिएको बीबीसीले उल्लेख गरेको छ ।
बीबीसीका अनुसार दुर्घटनामा परेको एम्ब्रेयर १९० जहाजमा ६२ यात्रु र पाँच जना चालक दलका सदस्य थिए । अवतरण गर्ने क्रममा जहाजमा आगो लागेको थियो ।
समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै यो जहाज अजरबैजान एयरलाइन्सको रहेको बताएको छ ।
रोयटर्सका अनुसार विमान बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो। तर, बाक्लो हुस्सुका कारण उक्त जहाजको रुट परिवर्तन गरिएको थियो ।
प्रतिक्रिया