• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    युक्रेनले लियो रुसी जनरल आइगोरको हत्याको जिम्मा

    20
    SHARES



    काठमाडाैँ। रुसी सेनाका लेफ्टीनेन्ट जनरल आइगोर किरिलोभको हत्याको जिम्मेवारी युक्रेनले लिएको छ । युक्रेनी सुरक्षा बलले हत्याको जिम्मा लिएको भन्दै रोयटर्स र एएफपीले समाचार छापेका छन् ।

    युक्रेनी सञ्चार माध्यम किभ इन्डिपेन्डेन्ट र न्यूज एजेन्सी आरबीसी युक्रेनले पनि एजेन्सीका अज्ञात स्रोतलाई उद्धृत गर्दै युक्रेनी सुरक्षा सेवाले उनको हत्या गरेको भनेको छ ।

    स्कुटरमा लुकाइएको बम विस्फोट हुँदा किरिलोभ र उनका एक सहायकको मृत्यु भएको थियो । स्कुटरमा उक्त विस्फोट कसरी भयो भन्नेबारे प्रहरी र अनुसन्धानकर्ताहरूले छानबिन गरिरहेका छन् ।

    मस्कोमा किरिलोभलाई मार्नकै लागि आफूहरूले अपरेसन चलाएको युक्रेनी सुरक्षा सेवाको दाबी छ । मस्कोमा मंगलबार बिहान किरिलोभ र उनका सहायक भवनमा पुग्दै गर्दा विस्फोटक पदार्थ राखिएको स्कुटरमा विस्फोट भएको थियो ।

    युक्रेनी सेनाविरुद्ध प्रतिबन्धित केमिकल अस्त्र प्रयोग गर्ने आदेश दिने भएकोले युक्रेनले किरिलोभ ‘वैधानिक निशाना’ भएको स्रोतको दाबी थियो । विष्फोटका क्रममा उक्त स्कुटर पूरै जलेको थियो । किरिलोभको हत्यालाई रुसले आतंकवादी गतिविधि भनेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया