• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    मार्क जुकरबर्ग र डोनाल्ड ट्रम्पबीच भेटवार्ता

    21
    SHARES



    न्युयोर्क । फेसबुकका प्रमुख सञ्चालक मार्क जुकरबर्गले डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । मार ए लागोमा रहेको ट्रम्पको रिसोर्टमा जुकरबर्गले भेटेका हुन । सो भेटपछि उनीहरूबिच चिसिएको सम्बन्धमा एक किसिमले सुधार आएको जनाइएको छ ।

    राष्ट्रपति निर्वाचितको पहिले नै प्राविधिक क्षेत्रका अर्को प्रमुख व्यक्तित्व एक्स मालिक एलोन मस्कसँग ट्रम्पको उच्चस्तरको सबन्ध रहेको छ । र, ट्रम्पले मस्कलाई प्रमुख जिम्मेवारी पनि दिइसकेका छन् ।

    ऐतिहासिक रूपमा ट्रम्प र जुकरबर्गबीच त्यस्तो कुनै निकटता छैन् । क्यापिटल दंगा पछि जुकरबर्गले ट्रम्पको फेसबुक र इन्स्टाग्रामबाट प्रतिबन्ध लगाएका थिए । ट्रम्पले मेटा मालिकलाई २०२४ राष्ट्रपति चुनावमा हस्तक्षेप गरे जेलको धम्कीसमेत दिएका थिए ।

    यद्यपि, हालसालै ती तनावपूर्ण सम्बन्धहरू सुधार भइरहेको प्रमाणहरू छन्, जसको परिणत जुकरबर्गले आफ्नो फ्लोरिडा हवेलीमा राष्ट्रपति निर्वाचित राष्ट्रपतिसँग खाना खाएका छन् ।

    मेटाका प्रवक्ताले बीबीसीलाई भने, ‘राष्ट्रपति ट्रम्पसँगको रात्रिभोजमा सामेल हुने दिइएको निमन्त्रणा र आगामी प्रशासनको बारेमा उनको टोलीका सदस्यसँग भेट्ने अवसरको लागि मार्क कृतज्ञ छन ।’ ‘यो अमेरिकीकन भविष्यको लागि महत्त्वपूर्ण समय हो,’ विज्ञप्तिमा भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया