• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    इमरान खानलाई रिहा गर्न माग गर्दै पीटीआई कार्यकर्ताको विशाल प्रदर्शन

    22
    SHARES



    काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरीक–ए–इन्साफ’ (पीटीआई) का कार्यकर्ता र उनका समर्थकहरूले इस्लामाबादतर्फ मार्च सुरु गरेका छन् ।

    बीबीसीका अनुसार पीटीआईका मानिसहरू खैबर पख्तुनख्वाका विभिन्न क्षेत्रबाट इस्लामावाद तर्फ लागिरहेका छन् ।

    इमरान खानको अपीलमा आइतबार प्रदर्शन सुरु भएको थियो। इमरानले यो विरोधलाई ‘फाइनल कल’ नाम दिएका छन् । प्रदर्शन रोक्न प्रहरीले इमरानका ४ हजारभन्दा बढी समर्थकलाई पक्राउ गरेको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । पक्राउ पर्नेमा ५ सांसद पनि छन् ।

    इस्लामावादको ‘डी चोक’ मा भारी सुरक्षा बल तैनाथ गरिएको छ। इस्लामावाद प्रहरीले ‘डी चोक’ मा चार प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ।

    प्रधानमन्त्री निवास, संसद र सर्वोच्च अदालत बाहेक धेरै महत्त्वपूर्ण सरकारी कार्यालयहरू ‘डी चोक’ नजिकै छन्। पीटीआईले इमरान खानलाई रिहा गर्न माग गर्दै आएको छ । विरोध र्‍यालीमा इमरान खानकी पत्नी बुशरा बीबी पनि सहभागी छन् ।

    इस्लामावाद प्रहरीले प्रदर्शनकारीले ढुंगामुढा गरेको बताएको छ । पीटीआई कार्यकर्ताहरूले प्रहरीले अश्रुग्यास प्रहार गरेको र लाठीचार्ज गरेको दाबी गरेका छन् । इस्लामावाद प्रहरीले ढुंगा प्रहारमा १४ जना अधिकारी पनि घाइते भएको जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया