• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रंगशालामा आज फाइनल खेल हेर्न जाँदा लैजान पाइँदैन यी सामान

    646
    SHARES



    काठमाडौँ । नेपाल-बंगलादेशबीच साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ साढे ६ बजेदेखि हुँदैछ।

    यसैबीच अखिल नेपाल फुटबल संघ (एन्फा) ले रंगशालामा जाँदा लैजान नपाइने सामानहरूको सूची सार्वजनिक गरेको हो। बन्दुक, छुरा तथा अन्य कुनै पनि धारिलो हतियार वा औजार लैजान पाइने छैन।

    यस्तै चुरोट, लाइटर, सलाई, मादक वा नशालु पदार्थ लैजान नपाइने एन्फाले जनाएको छ। ठूलो झोला पनि लैजान पाइनेछैन। सानो झोला भने सुरक्षा जाँच गरेपछि मात्रै पाइने एन्फाले जनाएको छ।

    मोटरसाइकलको हेल्मेट, बिना अनुमतिका ब्यानर, झन्डा, पोस्टर, पानी वा अन्य कुनै चिसो पेय पदार्थका बोतल वा क्यान, लेजर लाइट, छाता, लिपिस्टिक, नेलकटर, कैंची, काइँयो लगायत लैजान नपाइने जनाएको छ।

    भारतविरूद्धको सेमिफाइनलमा क्षमताभन्दा बढी दर्शक छिराएको पाइएको थियो। खेल विवादित बनेपछि दर्शक समेत आक्रोशित बनेका थिए। आक्रोशित दर्शकले खेल मैदानमा बोतलहरू समेत प्रहार गरेका थिए। दर्शक आक्रोशित बनेसँगै सुरक्षा घेरा बढाइएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ