• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

    289
    SHARES



    काठमाडौं । आइतबार मात्रै प्रधानन्यायाधीशमा नियुक्त प्रकाशमानसिंह राउतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेल नवनियुक्त प्रधानन्यायाधीश राउतलाई शीतल निवासमा पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । आइतबार मात्रै राष्ट्रपति पौडैलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका थिए ।

    यसअघि राउतलाई असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

    संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया