• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेकपा प्रवक्ता प्रकाण्ड गिरफ्तार, अपहरण शैलीमा समातेर प्रहरीले कहाँ पुर्‍यायो ?

    65.6K
    SHARES



    दिया चन्द, काठमाडौं ।

    नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले गिरफ्तार गरेको छ । प्रवक्ता प्रकाण्डलाई मंगलबार मध्यराती काठमाडौंको थानकोटबाट अपहरण शैलीमा गिरफ्तार गरिएको छोरा नरेन्द्र बिकले संचारकेन्द्रलाई जानकारी दिए ।

    मध्यराति गिरफ्तार गरेर लगेको र अहिलेसम्म आफूहरुलाई भेट्न समेत नदिइएको उनले बताए । अहिले प्रकाण्डलाई टेकु राखिएको बताएको छ । उनलाई राति नै गिरफ्तार गरेर महानगरीय प्रहरी परिसर,टेकुमा राखिएको र अनुसन्धानका लागि आजै म्याद थप गर्ने तयारी भइरहेकाे प्रहरी स्रोतले बतायो । प्रवक्ता प्रकाण्डलाई के कति कारणले गिरफ्तार गरेको हो भन्नेबारेमा समेत प्रहरीले केहि बताउन चाहेन ।

    प्रहरीले प्रकाण्डको डेरामा समेत छापा मारेको छ । आज बुधबार बिहान ९ः३० मा काठमाडौँको सुकेधारास्थित डेरामा प्रहरीले छापा मारेको हो । इन्स्पेक्टरको कमाण्डमा प्रवक्ता, प्रकाण्डको डेरामा पेस्तोल देखाउँदै, बच्चाहरुलाई तर्साउदै गाली गलौज गर्दै छापा मारेर केही कागजपत्रहरु लिएर गएको उनका छोरा नरेन्द्र विकले जानकारी दिएका छन् ।

    पछिल्लो समयमा नेकपाका केन्द्रीय स्तरका नेताहरुलाई बिनाकारण धरपकड, गिरफ्तार गर्ने र शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप बढाउँदै आएको छ ।

    यसअघि मंगलबार मात्रै नेकपाका केन्द्रीय सदस्य आजद भक्तपुरबाट गिरफ्तार परेका छन् भने त्यसअघि ४ जना पोलिटब्युरो सदस्य मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राई सहित दर्जनौं नेता कार्यकर्ताहरुलाई समेत गिरफ्तार गरेर हिरासतमै राखेको छ ।

    अदालतले पटकपटक छोड्न र रिहा गर्न आदेश दिदाँदिदै पनि प्रहरीले अदालतको आदेशको अटेरी गर्दै ठाउँ बदलेर हिरासतमा राख्दै आएको छ ।

    प्रतिक्रिया