• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

थाइल्यान्डमा ९ जना यात्रु सवार जहाज दुर्घटनाग्रस्त

2.9K
SHARES



काठमाडौं। थाइल्यान्डमा बिहीबार दिउँसो एउटा यात्रुवाहक जहाज दुर्घटनामा परेको छ । यो जहाज थाइल्यान्डको बाङ पाकोङ जिल्लास्थित चाचेङसाओको मानग्रोभ जंगलमा दुर्घटनाग्रस्त भएको हो ।

थाइल्यान्डको नागरिक उड्ययन प्राधिकरणका अनुसार एफएल ३ सय ६० एरो कलसाइनको थाई फ्लाइङ सर्भिस सेस्ना क्याराभान सी २०८ एचएस-एसकेआर जहाज ९ जना यात्रुसहित उडेको थियो ।

सुवर्णभूमि विमानस्थलबाट दिउँसो २ बजेर ४६ मिनेटमा उडेको यो जहाज टार्ट प्रान्तस्थित को माई ची विमानस्थलमा अवतरण गर्ने तालिका थियो ।

यो जहाज दिउँसो ३ बजेसम्म सुवर्णभूमि विमानस्थलस्थित टावरको सम्पर्कमा थियो । त्यसपछि यो जहाज दिउँसो ३ बजेर १८ मिनेटमा दुर्घटनामा परेको हो ।

बेपत्ता भएपछि खोजीका क्रममा यो जहाज जंगलभित्र ध्वस्त भएको अवस्थामा भेटिएको हो । दुर्घटनामा भएको हताहतीबारे विस्तृत विवरण आइसकेको छैन ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ