• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    भारतमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको मुद्दामा आज सुनुवाइ हुँदै

    1K
    SHARES



    काठमाडाैं । भारतको कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको मुद्दामा सर्वोच्च अदालतले आज सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षतामा रहेको इजलासले यो मुद्दाको सुनुवाइ गर्ने भएकाे हाे ।

    भारतमा यो घटनालाई लिएर देशका धेरै भागमा आन्दोलान चर्किरहेको छ । पश्चिम बंगालको कोलकातामा रहेको सरकारी अस्पताल केजी कार मेडिकल कलेज एन्ड हस्पिटलको घटनामा दोषीलाई कडा सजायको माग गर्दै चिकित्सकहरूले प्रदर्शन गरिरहेका छन् । इन्डियन मेडिकल एसोसियसन–आईएमएको आह्वानमा गएको शनिवारदेखि आन्दोलन गरिरहेका चिकित्सकहरू अझै काममा फर्किएका छैनन् ।

    उनीहरूले दोषीलाई कठोर सजाय र आफूहरूको सुरक्षा प्रत्याभूतिको माग गरिरहेका छन् । चिकित्सकहरूले आकस्मिकबाहेकका बिरामीको जाँच गरेका छैनन् । सरकारले भने स्वास्थ्यकर्मीहरूको सुरक्षा व्यवस्था सुधारका उपाय सुझाउन समिति गठन गरिने जनाउँदै काममा फर्किन आग्रह गरेको छ ।

    यही अगस्ट ९ गते राति ३६ घण्टा लामो सिफ्टका क्रममा सेमिनार हलमा आराम गरिरहेका बेला महिला चिकित्सकको बलात्कारपछि हत्या भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया