• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    आफ्ना समर्थकलाई बङ्गलादेशमा राष्ट्रिय शोक मनाउन पूर्व प्रधानमन्त्री हसिनाको आह्वान

    1.8K
    SHARES



    काठमाडाैँ। बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आह्वान गरेकीछन् ।

    डा. मोहम्मद युनुसको अध्यक्षतामा हिजो बसेको सल्लाहकार परिषद्को बैठकले अगस्ट १५ तारिख अर्थात् भोलिको राष्ट्रिय शोकको सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । तर पूर्व प्रधानमन्त्री हसिनाले आफ्ना सर्मथकलाई स्वफुर्तरुपमा आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी हुन् ।

    ढाका ट्रिब्युनका अनुसार डा.युनुसको अन्तरिम सरकारले राजनीतिक दलहरूसँगको छलफलपछि अगस्ट १५ तारिखको सार्वजनिक बिदाको निर्णय रद्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

    बङ्गलादेशको सेनाको एक समूहले सन् १९७५ को अगस्ट १५ मा बङ्गलादेशका संस्थापक प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानसहित उनकाे परिवारका धेरै सदस्यको हत्या गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया