काठमाडाैँ । बंगलादेशको २५ औं प्रधानन्यायाधीश सैयद रेफात अहमदले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति मोहम्मद शहाबुद्दीनले बंगभवनस्थित दरबार हलमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शनिबार सैयद रेफात अहमदलाई राष्ट्रपतिले नियुक्त गरेका थिए । यस सम्बन्धमा कानुन मन्त्रालयले एक सूचना जारी गरेको छ ।
राष्ट्रपतिले जनवादी गणतन्त्र बंगलादेशको संविधानको धारा ९५ (१ं) बमोजिम आफूलाई दिइएको शक्तिको प्रयोग गर्दै सर्वोच्च अदालतको उच्च अदालत डिभिजनका न्यायाधीश सैयद रेफात अहमदलाई बंगलादेशको प्रधानन्यायाधीशमा नियुक्त गरिएको जनाइएको छ ।
प्रतिक्रिया