• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    बंगलादेशमा विद्यार्थी र प्रहरीबीच फेरि भड्कियो हिंसा

    1.9K
    SHARES



    काठमाडौं । बंगलादेशमा विद्यार्थी र प्रहरीबीच फेरि हिंसा सुरु बढ्दै गएकाे छ । सरकारी जागिरमा आरक्षणको व्यवस्था हटाउनुपर्ने मागसहित विद्यार्थीहरूले प्रदर्शन गर्दा २ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

    पाकिस्तानविरुद्ध स्वतन्त्रताको लडाइँ लडेकाका परिवारलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्थालाई सर्वोच्च अदालतले खारेज गरी ५ प्रतिशतमा सीमित गरिदिएपछि हिंसा केही मत्थर भएको थियो ।

    विद्यार्थीहरू आन्दोलनको क्रममा घाइते र मृत्यु भएकाका परिवारलाई भेट्नमा व्यस्त थिए । त्यही क्रममा राजधानी ढाकासहितका शहरहरुमा फेरि हिंसा सुरु भएको हो ।

    उत्तरपूर्वी नगर सिलहटका एक अधिकारीलाई बीबीसीले उद्धृत गर्दै लेखेअनुसार प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।

    स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । विद्यार्थीहरूले ‘मार्च फर जस्टिस’ नामबाट प्रदर्शन जारी राखेका छन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया