• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    चन्द्रमामा गुफा भएको पुष्टि, अन्तरिक्षयात्रीलाई आश्रय बन्न सक्ने

    1.8K
    SHARES



    काठमाडौँ । वैज्ञानिकहरूले चन्द्रमामा गुफा भएको पुष्टि गरेका छन् । उक्त गुफा ५५ वर्षअघि नील आर्म स्ट्रङ र बज एल्ड्रिन ल्यान्ड गरेको स्थानभन्दा धेरै टाढा छैन । गुफा भविश्यका हजारौँ अन्तरिक्षयात्रीलाई राख्न सक्ने स्थान हुने वैज्ञानिकहरूको भनाइ छ ।

    इटालीयन वैज्ञानिकको एक टोलीले सोमबार जानकारी गराएअनुसार चन्द्रमाको सबैभन्दा गहिरो खाडलबाट पहुँचयोग्य स्थानमा गुफा भएको प्रमाण मिलेको छ । सो स्थान एपोलो ११ अवतरण गरेको स्थानबाट करिब २५० माइल (४०० किलोमिटर) टाढा रहेको जनाइएको छ ।

    त्यहाँ पत्ता लागेका २ सयभन्दा बढी खाडल लाभा ट्युबको पतनबाट बनेको जनाइएको छ । अनुसन्धाताहरूले नासाको लुनार रिकोन्नाइस्सेन्स अर्विटरको राडार मेजरमेन्टको विश्लेषण गर्दै यसको तुलना पृथ्वीको लाभा ट्युबसँग गरेका छन् ।

    वैज्ञानिकहरूका अनुसार राडार डेटाले भूमिभित्रको खोक्रो अवस्थाको प्रारम्भिक जानकारी मात्रै दिएको छ । उनीहरूको अनुमानअनुसार त्यो कम्तिमा १३० फिट चौडा र दशौं मिटर लामो वा त्योभन्दा बढी पनि हुन सक्छ ।

    “चन्द्रमामा गुफा झण्डै ५० वर्षसम्म रहस्यमय रहेको थियो । त्यसको अस्तित्व छ भन्ने कुरा अन्तिममा प्रमाणित हुनु उत्साहको कुरा हो”, ट्रेन्टो युनिभर्सिटीका लियोनार्दो केरर र लोरेन्जो ब्रुजोनले इमलेमा लेखेका छन् ।

    वैज्ञानिकहरूका अनुसार धेरैजसो खाडल चन्द्रमाको प्राचीन लाभा मैदानमा छन् । चन्द्रमाको दक्षिणी ध्रुवमा पनि केही हुनसक्ने अनुमान गरिएको छ । उक्त क्षेत्रमा नासाका अन्तरिक्षयात्री यो दशकको अन्त्यतिर अवतरण गर्ने योजना छ ।

    वैज्ञानिकहरूका अनुसार त्यहाँ रहेको क्रेटरमा जमेको पानी पिउने पानी र रकेट इनधनका लागि प्रयोग गर्न सकिने समेत वैज्ञानिकहरूको अनुमान छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया