काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले भ्रष्टाचारको छानबिनमा नाम आएका मन्त्रीबाट सुशासनको अपेक्षा गर्न नसकिने बताएकी छन् । साेमबार प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद गाैतमले नवगठित सरकारको समावेशिताप्रति प्रश्न उठाउंदै यस्ताे बताएकी हुन् ।
उनले मन्त्रिपरिषद्मा संविधानले सुनिश्चित गरे अनुरूपको महिलाको प्रतिनिधित्व नभएको पनि बताएकी छन् । त्यस्तै दलितको प्रतिनिधित्व शून्य रहेको भन्दै सरकारले समावेशितालाई हेर्ने दृष्टिकोण के हो भनि प्रश्न गरिन् ।
उनले स्वार्थको द्वन्द्व हुनेखालको व्यक्तिलाई मन्त्री नियुक्त गरिएको उल्लेख गर्दै यसप्रति पनि सरकारको जवाफ माग गरिन् । उनले भ्रष्टाचारमा मुछिएर छानबिनमा नाम आएका मन्त्रीबाट सुशासनको अपेक्षा गर्न नसकिने बताइन् ।
प्रतिक्रिया