काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । भने अन्य एक जनाको मृत्यु भएको बताइएको छ।
उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्याएका थिए ।पेन्सीलभानियाको बटलरमा भएको र्यालीमा गोली चले पनि पूर्वराष्ट्रपति ट्रम्प सकुशल भएको बताइएको छ । उनको कान र अनुहारमा रगत देखिएको छ ।
पेन्सिलभेनियामा चुनावी र्याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्डबाट राइफलबाट गोली हानिएको थियो । त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो ।
उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको र अनुहारमा रगत पोतिएको देखिन्छ। उक्त र्यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको थियो। गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए। त्यस क्रममा ट्रम्पले मुट्ठी कसेर हात उचाल्दै समर्थकहरूप्रति सङ्केत गरेको देखिएको छ।
ट्रम्पले आफैँले खोलेको सामाजिक सञ्जाल ट्रूथमा एउटा सन्देश लेख्दै आफू सकुशल रहेको र स्थानीय स्वास्थ्य संस्थाले आफ्नो उपचार गरिरहेको जनाएका छन्। उनले प्रवर्तनलाई धन्यवाद दिनुको साथै मारिएका वा घाइते भएका सहभागीहरूका लागि शोक र समवेदना व्यक्त गरेका छन् ।
राष्ट्रपति जो बाइडेनले घटनाको निन्दा गरेका छन् । बाइडेनले अमेरिकामा यस खालको हिंसाका लागि कुनै स्थान नभएको बताउँदै यस्ता घटनाको निन्दा गर्न सम्पूर्ण देश एकताबद्ध हुनुपर्ने बताएका छन् ।
प्रतिक्रिया