• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    मोदीलाई ‘सर्वोच्च नागरिक सम्मान’ दिने १४औँ राष्ट्र बन्याे रूस

    1.9K
    SHARES



    काठमाडौँ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुसको सर्वोच्च नागरिक सम्मान अर्पण गरेका छन् । रुसमा यो सबैभन्दा ठूलो सम्मान हो । मोदीलाई ‘अर्डर अफ सेन्ट एन्ड्रयु द एपोस्टल’ को अवार्ड दिइएको हो ।

    योसँगै रुस मोदीलाई उच्च सम्मान दिने १४औँ राष्ट्र बनेको छ । यसअघि मोदीले भुटान, ग्रीस, फ्रान्स, इजिप्ट, पपुवा न्यूगिनी, फिजी, अमेरिका, बहराइन, यूएई, माल्दिभ्स, प्यालेस्टाइन, अफगानिस्तान र साउदी अरेबियाबाट उच्च सम्मान पाएका थिए ।

    सोमबार रुस पुगेका मोदीले राष्ट्रपति पुटिनसँगै शिखर वार्तामा सहभागिता जनाए छन् भने सो क्रममा पुटिनले मोदीलाई युक्रेन संकट समस्याको समाधान निकाल्ने कोसिस गरेकोप्रति आभार प्रकट गरेका छन् ।

    शिखर वार्ताका क्रममा मोदीले पछिल्लो ४०-५० वर्षदेखि भारतले आतंकवादको सामना गरेको बताउँदै आतंकवादी हमलाको पीडा आफूलाई थाहा भएको बताउँदै त्यस्तो आतंकवादको कडा निन्दा गर्ने बताए ।

    मोदीले विश्व शान्तिका लागि पुटिन लाग्नु खुशीको कुरा भएको उल्लेख गर्दै भारत विश्वमा शान्ति बहालीका लागि सहयोग गर्न तयार रहेको पनि बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया