• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बर्दघाटमा भेटियाे अति विषालु रसेल भाइपर सर्प

    1.8K
    SHARES



    काडमाडाैं । पश्चिम नवलपरासीको बर्दघाटमा अति विषालु मानिने रसेल भाइपर स्नेक भेटिएको छ । यो सर्प नेपालको लुम्बिनी प्रदेशको तराई भेगमा केही मात्रामा मात्र भेटिने गर्दछ । बर्दघाट नगरपालिका-७ बेलहानीमा यो सर्प भेटिएको हो ।

    स्थानीयले अजिंगर भनेर सर्प उद्धारकर्ता दुर्गा लामिछानेलाई बोलाएका थिए । तर सर्प उद्धारकर्ता लामिछानेले यो सर्प अजिंगर नभएर अति नै विषालु रसेल भाइपर भएको पुष्टि गरेका हुन् । हेर्दा लाटाे जस्ताे देखिने याे षर्प अत्यन्तै बिसालु हुने गर्द छ ।

    देख्दा अत्यन्तै लाटो स्वभावको देखिने हुँदा स्थानीयले अजंगर भएको आशंका गरेका थिए । बर्दघाट क्षेत्रमा मात्रै यो सर्प ६ महिनाको अवधीमा ३ वटा फेला परिसकेको लामिछानेले बताए ।

    आजभन्दा २२ वर्ष पहिले भाइपर स्नेकले बंगलादेशमा आतंक नै फाैलाएकाे थियाे । गत वर्षको एक अध्ययनअनुसार बंगलादेशमा विषालु सर्पको डसाइबाट वर्षेनी ७ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया