• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धनलाई अग्रता

    1.7K
    SHARES



    काठमाडाैं । फ्रान्सको संसदीय चुनावमा वामपन्थीहरूको न्यु पपुलर फ्रन्ट (एनएफपी) गठबन्धनले अग्रता लिएको छ ।

    आधिकारिक मत परिणाममा एनएफपी गठबन्धनले अग्रता लिएको र यो गठबन्धन संसद्‍मा सबैभन्दा ठूलो शक्ति बन्ने देखिएको बीबीसीले जनाएको छ । यो गठबन्धन १ सय ८२ सिटसहित शीर्ष स्थानमा छ ।

    यस्तै दोस्रो स्थानमा राष्ट्रपति इमयानुएल म्याक्रोँको मध्यमार्गी गठबन्धनले १ सय ६८ सिट जितेको छ । यसअघि पहिलो चरणको चुनावमा अग्रता लिएको अतिदक्षिणपन्थी न्याशनल र्‍याली (आरएन) भने १ सय ४३ सिटसहित तेस्रो स्थानमा छ ।

    पहिलो चरणको चुनावमा आरएनको पक्षमा नतिजा आउने देखिएपछि धेरै ठाउँमा वामपन्थी र मध्यमार्गीहरूले अप्रत्यक्ष तालमेल गरेका खबरमा उल्लेख छ । यस्तै वामपन्थी उम्मेदवारहरूले कैयौँ ठाउँमा र मध्यमार्गी उम्मेदवारहरूले केही ठाउँमा मनोनयन फिर्ता लिएका थिए ।

    यो चुनावमा कुनै पनि दलले बहुमत नपाउने अवस्था देखिएकाले मिलीजुली सरकार बन्ने निश्चित भएको छ । यसले राजनीतिक अनिश्चितता निम्तिने देखिएको बीबीसीले जनाएको छ ।

    यसैबीच नतिजा आउन थालेसँगै युरोको मूल्यमा गिरावट आएको छ । युरोका मूल्य शून्य दशमलव दुई प्रतिशतले घटेको र बजारमा उतारचढाव देखिएको छ । अब फ्रान्समा को प्रधानमन्त्री बन्छ भन्ने निश्चित भइसकेको छैन ।

    फ्रान्समा अहिले चुनाव गर्ने बेला भएको थिएन र राष्ट्रपति माक्रोँले त्यसको घोषणा गर्नुपर्ने अवस्था पनि थिएन । तर युरोपेली चुनावमा आरएनले जितेपछि राष्ट्रपति माक्रोँले सबैभन्दा उत्तरदायी समाधान भन्दै समयअघि नै यो चुनावको घोषणा गर्नुभएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया