• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    केन्यामा भएकाे कर विरोधी आन्दोलनमा ३९ जनाको मृत्यु

    1.3K
    SHARES



    केन्या। केन्यामा नयाँ कर वृद्धिको विरोधमा हिंसात्मक प्रदर्शन भइरहेको छ । यस हिंसामा अहिलेसम्म कम्तीमा ३९ जनाको मृत्यु भइसकेको छ । प्रदर्शनकारीहरूले नयाँ चरणको विरोध प्रदर्शनको लागि तयारी गरिरहेको भन्दै समाचारहरू आइरहेका छन् ।

    केन्या राष्ट्रिय मानव अधिकार आयोगको रेकर्ड अनुसार राष्ट्रव्यापी कर कानुनको विरोध प्रदर्शनका क्रममा ३९ जनाको मृत्यु भएको छ र अन्य ३६१ जना घाइते भएका छन् ।

    यसबाहेक ३२ वटा जबरजस्ती बेपत्ताका मुद्दा पनि दर्ता भएका छन् । यस क्रममा ६२७ जना प्रदर्शनकारी पक्राउ परेका छन् । केन्यामा सरकारले नयाँ कर लगाएपछि जनता निकै आक्रोशित भएका छन् ।

    केन्या फाइनान्स बिल २०२४ यही मेमा पेस गरिएको थियो । जसमा पाउरोटी, क्यान्सरको उपचार, खाना पकाउने तेल, बालबालिकाको डायपरदेखि सेनेटरी प्याड, मोटर वाहन, सौर्य उपकरण र डिजिटल सेवा जस्ता उत्पादनहरूमा भारी कर लगाउने प्रस्ताव गरिएको छ । रोटीमा १६ प्रतिशत बिक्री कर, खाना पकाउने तेलमा २५ प्रतिशत कर, सवारी साधनमा २ दशमलव ५ प्रतिशत भ्याट र ३ प्रतिशत आयात शुल्क लगाउने प्रस्ताव गरिएको छ ।

    केन्याको संसद्‍मा उपस्थित सबै सांसदले यो विधेयकको समर्थन गरेका छन् । सरकारी काम पूरा गर्न यो आवश्यक रहेको उनीहरूको भनाइ छ । राजस्व वृद्धिबाट हुने आम्दानीबाट सरकारले देशैभर सडक निर्माण गर्न र विद्यालयमा शिक्षक भर्ना गर्न सक्नेछ । किसानले मलमा अनुदान पाउनेछन् । यसले देशको ऋण घट्ने बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया