• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    तत्काल राजीनामा नदिने प्रधानमन्त्री प्रचण्डको संकेत

    1.5K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक परामर्शमा जुटेका छन् ।

    उनले अहिले केहीबेरमा आफ्नै दल माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक बोलाएका छन् । त्यसपछि सत्ता गठबन्धनमा रहेका दलहरुसँग पनि परामर्श गर्ने तयारी छ ।

    प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले सरकारमा रहेका दलहरूले समर्थन फिर्ता लिएपछि मात्रै प्रधानमन्त्रीले राजीनामा दिने अथवा ३० दिनभित्रमा विश्वासको मत लिने भन्ने प्रक्रिया अगाडि बढ्ने बताए । दलहरूले समर्थन फिर्ता नलिएसम्म प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने ती सदस्यको भनाइ छ ।

    ती सदस्यले भने, ‘कसैले हतार गर्दैमा सरकार बनिहाल्ने भन्ने हुँदैन सरकार बन्ने पनि प्रक्रिया होला। उहाँहरूको हतारो देख्दा हाँसो लागिरहेको छ । प्रधानमन्त्रीज्यूले पनि संविधान अनुसार ३० दिनभित्रमा विश्वासको मत लिन पाउनु हुन्छ ।’

    कुनै दलले समर्थन फिर्ता नलिएको अवस्थामा राजीनामा दिनु जरुरी नरहेको सचिवालय सदस्यको भनाइ छ । उनले भने, ‘राजीनामा दिएर मार्ग प्रशस्त गर्नु भनेर केही साथीहरुले भनेको सुनेको छु। तर विधि प्रक्रिया र संविधान मिच्नु राम्रो कुरा हैन।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया