• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    बालुवाटारमा प्रचण्ड र ओलीबीच छलफल

    789
    SHARES



    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन् ।

    प्रधानमन्त्री दाहालसँग भेट्न उनी केहीबेर अघि मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।

    गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच बलकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ ।

    सत्ता समीकरण फेरिने हल्ला चलेको छ भने राजनीतिक भेटघाट पनि बाक्लिएको छ । आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ