• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    नागरिक उन्मुक्तिमा विवाद झन् चर्किदै, रञ्जितालाई संसदीय दलको नेताबाट हटाइयो

    1.1K
    SHARES



    काठमाडौँ । रञ्जिता श्रेष्ठलाई नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो ।

    संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ । त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतकको पदमा राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    दलको नेता चयनसम्बन्धी पत्र आज संसद् सचिवालयमा दर्ता गर्ने दलका नेता गंगाराम चौधरीले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ