• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    इन्डोनेसियाको बाली टापुमा साइबर अपराध गरेको आरोपमा १०३ जना पक्राउ

    1.7K
    SHARES



    काठमाण्डौ । इन्डोनेसियाले बाली टापुमा साइबर अपराध गरेको आरोपमा १ सय ३ जनालाई देश निकाला गर्ने भएको छ । देश निकाला हुनेमा ९१ जना पुरुष र १२ महिला रहेका समाचार संस्था अलजजिराले जनाएको छ ।

    तीमध्ये धेरैजसो ताइवानका रहेका छन् । प्रवेशाज्ञा दुरुपयोग गरेको तथा साइबर अपराध गरेको आरोपमा उनीहरुलाई देश निकाला गर्न लागिएको इन्डोनेसियाली अधिकारीले बताएका छन् । स्टिङ अपरेसनबाट उनीहरुलाई सयौं यन्त्रउपकरणसहित, सीमापार साइबर–ठगी र भिसा उल्लङ्घनको आरोपमा पक्राउ गरिएको अध्यागमन निर्देशक सफार मुहम्मदले जानकारी दिएकाछन् ।

    इन्डोनेसियाले यो समूहको अन्तर्राष्ट्रियस्तरमा अरू कुनै सम्बन्ध छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन् । तर ताइवानको परराष्ट्र मन्त्रालयले पक्राउ परेका एक सय तीन जनामध्ये १४ जना मात्रै ताइवानी भएको बताएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया