काठमाडौं । रास्वपाको अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । आयोगले ढकाललाई पार्टीको अनुशासन भंग गरेको भन्दै के कारणले यस्तो गरेको भनी शुक्रबार अपराह्न स्पष्टीकरण पत्र दिएको हो ।
महामन्त्री ढकालले देश दौडाहा गरी तयार पारेको प्रतिवेदन सभापतिलाई बुझाउनु उचित भए पनि त्यसभित्रका बुँदाहरु मिडियामा सार्वजनिक गरेर ढकालले पार्टीको सामान्य मर्यादासमेत उल्लंघन गरेको उक्त पत्रमा भनिएको छ ।
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले महामन्त्री ढकाललाई अनुशासन आयोगले शुक्रबार पत्र पठाएको जानकारी गराएकी छन् ।
ढकालले भने आफूलाई लामिछानेबाहेक अरुले स्पष्टीकरण सोध्न नपाउने भन्दै त्यो पत्र खोलेर नपढ्ने जिकिर गरेका छन । निकटस्थसँग कुरा गर्दै ढकालले आफूलाई जोकोहीले पठाएको पत्रको जवाफ नदिने अडान लिएका हुन् ।
ढकालले ३८ जिल्ला घुमेर ढकालले तयार पारेको ३२ पाने प्रतिवेदनका कारण रास्वपामा विवाद उत्पन्न भएको छ ।
प्रतिक्रिया