• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    म पदमा रहँदा सहकारी ठगीको अनुसन्धान प्रभावित हुँदैन : गृहमन्त्री लामिछाने

    1.2K
    SHARES



    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफू पदमा हुंदा सहकारी ठगीको अनुसन्धान प्रभावित नहुने दावी गरेका छन् । आफूविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको लिखित जवाफ पेश गर्दै गृहमन्त्री लामिछानेले सहकारीको नियमन र अनुगमनको विषय गृहमन्त्रालयको क्षेत्राधिकार नभएकाले ‘स्वार्थको द्वन्द्व’ नहुने बताएका हुन् ।

    ‘म गृहमन्त्रीको हैसियतमा मन्त्रालय र मातहतको निकायलाई दिएको निर्देशन अनुसार आ-आफ्नो काम कारवाही गरिरहेको अवस्था छ’ उनले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै भनेका छन्, ‘कार्यक्षेत्र बाहिरको सहकारी सम्बन्धी विषयमा गृहमन्त्रालयको स्वार्थ हुँदैन ।’

    गृहमन्त्री लामिछानेविरुद्ध कही कतै उजुरी/जाहेरी नपरेको भन्दै उनले गृहमन्त्रालय मातहतको निकायमा अनुसन्धान एवं अभियोजन समेत नभएको जिकिर गरेका छन् । त्यस्तो अवस्थामा आफूलाई प्रतिवादी बनाउन उचित नहुने उनको जिकिर छ ।

    सहकारी छानबिन सम्बन्धि कतिपय प्रतिवेदनमा आफ्नो नाम लेखिएको कारणले प्रतिवादीकै रुपमा आफ्नो नाम जोडिएको भन्दै उनले आपत्ति जनाएका छन् ।दनमा दावी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया