काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको भत्किएकाे छ । शुक्रबार बिहान परेको भीषण वर्षाका कारण भवनको छाना खसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भवनकाे छन सवारीसाधन र ट्याक्सीकाथि खसेपछि ६ जना घाइते भएका समाचार एजेन्सी पीटीआईले जनाएकाे छ ।
जसमा केही मानिसहरू पनि पुरिएका थिए । घरको छानाबाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका हुन् ।
घटनाका कारण टर्मिनल १ बाट हुने सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् भने चेक इन काउन्टरहरू पनि बन्द गरिएका छन् ।
प्रतिक्रिया