• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मेलम्ची नदीमा २२ वर्षीय महिलाको शव फेला

    596
    SHARES



    काठमाडाैं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ तालामाराङमा एक महिलाको शव फेला परेको छ । बिहीबार बिहान अन्दाजी २२ वर्षीय निशाकुमारी तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख, प्रहरी निरीक्षक भगवती तिमिल्सेनाले जानकारी दिएकी छन् ।

    हेलम्बु गाउँपालिका-५ की तामाङको मानसिक सन्तुलन ठिक नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । परिवारसँग हिजो काठमाडौँ जान्छु भनेर हिँडेकी उनी हेलम्बु गाउँपालिका-२ चिउरीखर्कस्थित खोला तर्दै गरेका देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । शव परीक्षणका लागि काठमाडाैँ ल्यइएकाे तिमिल्सेना जानकारी दिइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया