• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

चन्द्रमाबाट चट्टान लिएर चिनियाँ चाङ्गे–६ पृथ्वीमा अवतरण

2.8K
SHARES



काठमाडौं। चीनको मुन मिसन चन्द्रमाको सतहबाट माटोसहितको चट्टान लिएर पृथ्वीमा अवतरण गरेकाे छ । योसँगै चीन चन्द्रमाको अँध्यारो दिशाबाट नमूना ल्याउने पहिलो देश बनेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनको चाङ्गे–६ ल्यान्डर नमूना लिएर ५३ दिनपछि पृथ्वीमा अबतरण गरेकाे हाे ।

चीनले मे ३ तारिखमा चाङइ-६ मिसन प्रक्षेपण गरेको थियो । न्यूयोर्क टाइम्सका अनुसार यस अनुसन्धानको लक्ष्य चन्द्रमाको सबैभन्दा टाढाको भागमा गएर नमूना संकलन गरी पृथ्वीमा पठाउने थियो । चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानिस पठाउने लक्ष्य राखेको छ । यो मिसन पनि त्यही लक्ष्यको हिस्सा हो ।

अहिलेसम्म चन्द्रमामा गएका सबै १० चन्द्र अभियानहरू नजिकैको भागमा मात्र पुगेका छन् । यसमा भारत र अमेरिका पनि परेका छन् । यस्तो अवस्थामा चीनले चन्द्रमाको टाढाको भागबाट नमूना ल्याएर अन्तरिक्ष दौडमा अमेरिकालाई कडा चुनौती दिएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ