• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिन्छु : ट्रम्प

    2.4K
    SHARES



    काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने वाचा गरेका छन् । एक पोडकास्टमा ट्रम्पले यो कदमले यी देशका प्रतिभाशाली विद्यार्थीहरूलाई अमेरिकामा बस्न अनुमति दिने बताएका छन् ।

    ट्रम्पलाई उनको आफ्नो सरकार गठन भएमा टेक कम्पनीहरूलाई विदेशी प्रतिभाशाली विद्यार्थीहरूलाई अमेरिकामा राख्न के गर्नु हुन्छ भनेर सोधिएको थियो ।

    यसमा ट्रम्पले भने- ‘म यो गर्न चाहन्छु र म यो गर्नेछु । मलाई लाग्छ कि अमेरिकी कलेजहरूबाट स्नातक गर्ने विद्यार्थीहरूलाई तुरुन्तै ग्रीन कार्ड दिइनुपर्छ । यसबाट उनीहरू अमेरिकामा बसेर यहाँको विकासमा सहयोग गर्न सक्नेछन् ।’

    ट्रम्पले अमेरिकाले उच्च दक्ष विद्यार्थीहरूलाई यहाँ रोक्ने प्रयास गर्नुपर्ने बताए । उनको योजनाबाट देशले फाइदा लिनेछ । ट्रम्पले अमेरिकाबाट ग्रेजुएट भएका तर ग्रीन कार्ड नभएका कारण यहाँ बस्न नसकेको धेरै मानिसलाई आफूले चिनेको समेत बताए । त्यसपछि उनीहरू आफ्नो देश गए र त्यहाँ अर्बपति बनेको उनले दाबी गरे ।

    यदि ट्रम्प आफ्नो कुरामा अडिग रहे भने, यी मध्ये धेरै विद्यार्थीहरूले सजिलै अमेरिकी ग्रीन कार्ड प्राप्त गर्न सक्षम हुनेछन् ।

    आप्रवासी मुद्दामा ट्रम्पको कडा अडान छ। यस्तो अवस्थामा उनको भनाइलाई बाइडेनको नयाँ नागरिकता नीतिको कट्टरपन्थी मानिएको छ । वास्तवमा, जुन १७ मा, बाइडेन सरकारले अवैध आप्रवासीहरूसँग सम्बन्धित नयाँ नीति घोषणा गरेको थियो । जो बाइडेनले आप्रवासीहरूलाई आकर्षित गर्न नयाँ आप्रवास नीति घोषणा गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया