काठमाण्डौं । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठक बानेश्वरमा बसिरहेको छ । समितिको बैठक नयाँबानेश्वरमा जारी रहेको समितिका एक सदस्यले जानकारी गराएका छन् ।
छानविन समितिले आजबाट काम सुरु गर्ने भनिएको छ । सहकारीको रकम अपचलन बारे गत जेठ १५ गते एमाले संसद् सूर्य थापाको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन् भएको छ ।
उक्त छानबिन समितिले तीन महिनभित्र काम सक्काउनु पर्ने भनिएको छ ।
प्रतिक्रिया