• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    धनुषामा बेपत्ता भएकी रुबीको शव जङ्गलमा भेटियो, श्रीमानले नै हत्या गरेको पुष्टि

    1.3K
    SHARES



    काठमाडौँ । जेठ २६ गते धनुषाको महेन्द्रनगरबाट बेपत्ता भएकी महिलाको शव फेला परेको छ । बेपत्ता महिलाको शनिबार राति मिथिला नगरपालिका ६ औरहीको एक सामुदायिक वनको खोल्सामा शव भेटिएको हो ।

    धनुषाको क्षिरेश्वर नगरपालिका-५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुबी बेपत्ता रहेको भन्दै प्रहरीमा परेको उजुरीका आधारमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

    रुबी बेपत्ता भए देखिनै उनका श्रीमान राजु यादवलाई इलाका प्रहरी कार्यालय सखुवाले नियन्त्रणमा लिएको थियो । राजुकौ बयानका आधारमा खोज्दै जाँदा रूविको शव फेलापरेको प्रहरी निरीक्षक सोनुकुमार साहले बताएका छन् ।

    यादवले श्रीमति रूविको हत्या गरेको स्वीकारेका छन् । यादव विदेश बाट भरखरै घर आएका भए पनि श्रीमानसँग प्रय झगडा गरी रहने गरेको बताउँछन् ।

    उनी घर लाएदेखि एकपटक श्रीमतीसंग झगडा गरेर निर्घात कुटपिट गरेपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा छलफल भएको थियो ।

    माइतीपक्षले दिएको जाहेरीका आधारमा राजुमाथी आवश्यक कारबाही प्रक्रिया अघीबढाइने प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया