• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

रोचक-विचित्र

बेहुलाले मदिरा र गाँजा सेवन गरेको भन्दै बेहुलिले गरिन् मण्डपबाटै बिहे अस्वीकार

7.1K
SHARES



काठमाण्डाैं । भारतको उत्तर प्रदेश राज्यको भदोहीमा जन्तीसहित बेहुला आइसकेको अवस्थामा बेहुलीले विवाह गर्न अस्वीकार गरेको घटना प्रकाशमा आएको छ ।

फत्तुपुर निवासी शीलादेवीकी छोरी पिङ्कीको विवाह जौनपुर जिल्लाको जयरामपुर निवासी गौतम नाम गरेका युवकसँग हुने निधो भएको थियो । सोही अनुसार गौतम जन्तीसहित बुधबार बेलुका बेहुलीको घरमा विवाहका लागि पुगेका थिए ।

स्वयंवर अघि नै बेहुलाले अस्वाभाविक गतिविधि गरेपछि बेहुलीले चासो राखेकी थिइन् । बेहुलाले मदिरा पिएको र मञ्चको पछाडि गएर गाँजा सेवन गरेको देखेपछि बेहुलीले विवाह गर्न अस्वीकार गरेकी थिइन् ।

यस क्रममा बेहुली पक्षले बेहुला, उनका पिता जयप्रकाश र हजुरबुबा मेवा लाललाई बन्धक बनाएर विवाहको तयारीमा लागेको ८ लाख रुपैयाँ खर्च माग गरेका थिए ।

दुवै पक्षबिच विवाद भएपछि प्रहरी आएर मामिला सुल्झाएको थियो । प्रहरीका अनुसार बेहुलीले विवाह गर्न नमानेपछि बेहुला र जन्ती बिहीबार त्यसै फर्किएका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ