• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    टेकसासका लागि उडेकाे जहाज ९ घण्टाकाे उडानपछि पु:न लण्डन फर्कियाे 

    2.1K
    SHARES



    काठमाडौं। लण्डनबाट टेकसासका लागि उडेकाे जहाज ९ घण्टाकाे उडानपछि पु:न लण्डन नै फर्किएकाे छ । ब्रिटिस एयरवेजको एउटा उडान ९ घण्टाको यात्रापछि लण्डन फर्किएकाे हाे ।

    न्युयोर्क पोस्टका अनुसार बोइङको ७८७-९ ड्रिमलाइनर उडान लण्डनबाट टेक्सास जाँदै थियो ।  तर, क्यानडाको हवाई क्षेत्रमा पुग्दा केही प्राविधिक समस्याका कारण उक्त उडानलाई लण्डन फर्काइएको थियो ।

    विमानमा ३ सय यात्रु सवार थिए र सबै सकुशल छन् । यो उडान सोमबार बिहान ९:२७ मा लन्डनको हिथ्रो विमानस्थलबाट प्रस्थान गरेको थियो । त्यसपछि ७७७९ किलोमिटरको यात्रा गरी साढे ९ घन्टा आकाशमा बसेपछि साँझ ६ बजेर ५४ मिनेटमा विमान लण्डन फर्किएको थियो ।

    सामान्यतया उडानले लन्डनबाट टेक्सास पुग्न १० घण्टा १५ मिनेट लाग्छ । ब्रिटिस एयरवेजले विमानमा सामान्य प्राविधिक त्रुटि भएको जनाएको छ । यसलाई मर्मत गर्ने सुविधा लन्डनमा कम्पनीको सुविधामा मात्र उपलब्ध थियो, जसका कारण यसलाई बेलायत फिर्ता पठाइएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया