• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    नेपालको राजनीति बिग्रनुको प्रमुख कारण नै भ्रष्टीकरण हो- माधव नेपाल

    1.9K
    SHARES



    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा भ्रष्टीकरण मौलाएको बताएका छन् । वामपन्थी नेता देवशंकर पौडेलले लेखेको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको राजनीति बिग्रनुको प्रमुख कारण नै भ्रष्टीकरण भएको बताएका हुन् ।

    ‘अहिलेको राजनीतिमा सबभन्दा बिग्रेको पक्ष भनेको भ्रष्टीकरणको पक्ष छ । पार्टीका नेता, कार्यकर्ता, समाज र देश भ्रष्टाचारकै कारणले बिग्रेको छ’, उनले भने, ‘यसबाट हामी कसरी उन्मुक्ति पाउने ? कसरी जोगिने कुरामा ध्यान दिनुपर्छ ।’

    पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले भ्रष्टाचार नियन्त्रण र उन्मुलन गर्ने कुरामा ध्यान दिएर देशको योजना बनाउनुपर्ने बताए । उनले यसका लागि लागि राजनीतिक यात्राका महत्त्वपूर्ण जिम्मेवारीप्राप्त व्यक्तिले राष्ट्र र जनतालाई केन्द्रबिन्दु बनाउनुपर्ने पनि बताए । ‘देशको योजना बनाउँदा हावादारी बनाएर हुँदैन । अहिले मैले बजेटको एउटा पक्ष देखेँ, कृषिको सन्दर्भमा बजेटमा ल्याएका योजना सारै मन पर्‍यो’, नेता नेपालको भनाइ छ ।

    उनले राष्ट्रिय राजनीति सञ्चालकहरुले विचार पुर्याएर, संवेदनशील भएर चल्न सकेमात्र यसो राष्ट्रिय राजनीतिका समस्या, अप्ठ्यारा र चुनौतीहरूको सामना गर्न सकिने पनि बताए ।

    ‘अध्ययन, अनुसन्धान र विश्लेषणपछि निष्कर्ष’, नेपालले भने,‘भोली के हुन्छ भन्ने आज सोच्नुपर्छ’, नेता नेपालको भनाइ छ । नेपालको राजनीतिलाई सही दिशामा अघि बढाउन सबै लागि पर्नुपर्नेमा अध्यक्ष नेपालले जोड दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ