काठमाडौँ । नेदरल्याण्ड्सको एम्स्टर्डमस्थित शिफोल विमानस्थलमा प्रस्थानको तयारिमारहेको विमानको इन्जिनमा फसेका वक व्याक्तिको मृत्यु भएको छ । केएलएमको यात्रुवाहक विमान केएल १३४१ विमान डेनमार्कको बिलन्डतर्फ जान लागेको बेला यो दुर्घटना भएको हो ।
उक्त्त घटनाबारे केएलएमले छानबिन गरिरहेको बताइएको छ । नेदरल्यान्डको सैन्य प्रहरीले पनि यस मामिलामा छानबिन सुरु गरेको छ । सो विमानबाट सबै यात्री र क्रुलाई बाहिर निकालिएको बताइएको छ ।
मृतकको अहिलेसम्म पनि पहिचान खुलाइएको छैन । स्थानीय मिडियाका अनुसार मृतक विमानस्थलका कर्मचारी हुन सक्छन् ।
प्रतिक्रिया