काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुन नर्सिङ केसीले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी र लोकप्रियतावादी आएको बताएका छन् । मंगलबार संसदमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमाथि टिप्पणी गर्दै लोकप्रीयतावादी बजेट ल्याएको बताएका हुन् ।
उनले भने,‘बजेट मूल रूपमा जुन क्षेत्रमा केन्द्रित हुनुपर्थ्यो त्यसमा केन्द्रित नभई वितरणमुखी भएको छ । वितरणमुखी हुनुका साथै जनप्रियतावादी रहेको र ५ लाखलाई रोजगारी दिने भन्ने कार्यक्रम कार्यान्वयन गर्न सम्भव देखिँदैन ।’
सांसद केसीले पूर्वाधार निर्माण, कृषि लगायतका क्षेत्रममा वितरणमुखी बजेट आएको बताएका हुन् ।
प्रतिक्रिया