• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    उपेन्द्र यादव भन्छन्- लोकतान्त्रिक गणतन्त्र धरापमा छ

    1.1K
    SHARES



    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको बताएका छन् ।

    १७ औँ गणतन्त्रको अवसरमा शुभकामना दिँदै अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा परेका हुनाले संघीयता, लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समतामूलक सम्पन्नताको लागि संघर्ष गर्न आह्वान गरेका हुन् ।

    उनले भनेका छन्, ‘गणतन्त्र, जनताको तन्त्र अथवा जनताको राज्य हो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । तर यहाँ गणतन्त्रको स्थान दलतन्त्र, नेतातन्त्र, नोकरशाहीतन्त्र, पुँजीतन्त्र र लुटतन्त्रले लिएको छ ।’

    संघीयताको स्थान केन्द्रतन्त्र, स्वेच्छाचारीतन्त्र र परतन्त्रतले लिएको बताउँदै उनले गणन्त्रलाई संस्थागत गर्न आग्रह गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ