काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने बताएका छन् । बिहीबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निधिले यस्तो बताएका हुन् ।
नेता निधिले गृहमन्त्रीको प्रकरणमाथि सरकारले न्यायाधीश भएर निर्दोष घोषणा गर्नुले पनि झनै प्रमाणित हुने जिकिर गरे । उनले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा कांग्रेसले शुक्रबार काठमाडौँ केन्द्रित विरोध प्रदर्शन गर्ने बताएबताएका हुन् ।
नेता निधिले सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको बताए । उनले अध्यक्ष सिरोहियाको साथमा नेपाली कांग्रेस र सबै नेपालीहरू रहेको बताएका छन् ।
प्रतिक्रिया