• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सहकारी ठगीविरुद्ध कांग्रेसद्वारा आन्दोलनका कार्यक्रम तय, गृहमन्त्रीको राजीनामा माग्ने

    1.4K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने भएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसिरहेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा आज गृहमन्त्रीको राजीनामा माग गर्ने र छानबिन समिति गठन मागमा अडिग रहनेबारे छलफल भएको एक नेताले बताए ।

    संसदमा अशिष्ट, हिंस्रक र अपमानजनक, व्यक्तिगत रुपमा आपत्तिजनक शब्द प्रयोग गरेकाले लामिछाने उक्त पदमा रहन नहुने कांग्रेस केन्द्रीय बैठकमा छलफल भएको एक नेताले जानकारी दिए ।

    साथै बैठकले गृहमन्त्री लामिछानेसमेत जोडिएको सहकारी प्रकरणमा छानबिन समिति बनाउने आफ्नो अडान नछोड्ने भएको छ । बैठकमा सहकारी पीडितको बचत फिर्ताका लागि माग गर्नेसमेत निर्णय गरेको छ ।

    सो अनुसार शुक्रबार राजधानीको भृकुटीमण्डपमा कांग्रेसले बृहत् विरोध प्रदर्शन गर्नेछ । यस्तै गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा जोडिएका सहकारी रहेका क्षेत्रहरु चितवन, पोखरा र रुपन्देहीमा पनि सोही दिन आन्दोलन गरिने छ ।

    त्यसपछि पनि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्नेगरी कांग्रेसले मिति प्रस्ताव गरेको छ । बैठकपछि कांग्रेसले औपचारिक रूपमा संघर्षका कार्यक्रम घोषणा गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिए । कांग्रेसले सहकारी ठगीमा रवि लामिछाने मुछिएको भन्दै उनीमाथि कारबाहीको माग गर्दै आएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ