• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ, गृहमन्त्री र ठगी भएका सहकारीको नाम उल्लेख गर्नुपर्छ- कांग्रेस

    1.4K
    SHARES



    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले  झारो टार्ने संसदीय छानबिन समिति नमान्ने भन्दै गृहमन्त्री र ठगी भएका सहकारीको नाम उल्लेख गर्नुप पर्ने अडान लिएको छ । कांग्रेसले सत्ता पक्ष सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवारीपूर्ण रुपमा प्रस्तुत नभएको आरोप लगाएको छ ।

    आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो आरोप लगाएका हुन् । उनले सरकार संसदीय समिति बनाउन तयार भएपनि आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न तयार नभएको बताएका छन् ।

    प्रमुख सचेतक लेखकले संसदीय समितिको नाममा झारो टार्ने काममा सरकार लागेकाले ढिला भइरहेको बताए । लेखकले समग्र सहकारीको समस्या पनि कसरी समाधान गर्नेकुरा पनि उल्लेख गरेर जाने, जोखिमयुक्त, संकटग्रस्त सहकारीका बारेमा पनि बोलेर जाऊँ, त्यसका सँगसँगै सहकारीबाट विभिन्न व्यक्ति, निजी कम्पनीमा रकम अपचलन, हिनामिना, दुरुपयोगबारे पनि उल्लेख गर्न भनेपनि सत्तापक्ष विषय केन्द्रित हुन नमानेको पनि बताए ।

    प्रमुख सचेतक लेखकले उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि आरोप लागेकाले उनको नाम राखेरै संसदीय समिति बनाउने बारेमा सहमति जुट्न नसकेको र कांग्रेस आफूहरूको मागबाट पछि नहट्ने पनि बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ