काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् ।उच्च अदालत, पाटनले जिल्ला अदालतको फैसला उल्टाउँदै सन्दीपलाई सफाइ दिएपछि सन्दीपले यस्तो बताएका हुन् ।
सफाइ पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले आफूलाई फसाएर दोषी करार गरिएको बताउँदै उनले भने, ‘धेरै तरिकाले फसाएर नभएको अपराधको दोषी करार गरिएको थियो । फाइनल्ली यहाँ आइपुगेका छौं ।’
जिल्ला अदालतको फैसलालाई सम्मान गरेको भन्दै उनले उच्च अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताए ।
प्रतिक्रिया