• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    माओवादी र एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा मधेस सरकार

    1.3K
    SHARES



    काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रले मधेस प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएका छन् । जसपा नेपालमा आएको विभाजनपछि सो पार्टीलाई सत्ताबाट हटाउने रणनीतिअनुसार एमाले र माओवादीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएका हुन् ।

    दुवै पार्टीले आफ्नो मन्त्रीहरूलाई फिर्ता बोलाउँदै सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश प्रमुखलाई गराइसकेका छन् । एमालेबाट राजीनामा दिनेहरूमा सरोज कुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोद कुमार जयसवाल, केशव राय र शारदा थापा रहेका छन् ।

    राय र थापा राज्यमन्त्री हुन् भने अरू चार जना मन्त्री हुन् । यस्तै माओवादीबाट मन्त्री बनेका भरत साह र युवराज भट्टराईले पनि राजीनामा दिएका हुन् । मधेस प्रदेश सरकारको सत्तारुढ दल माओवादी र एमाले संयुक्तरुपमा समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

    केन्द्रमा जसपा नेपाल विभाजन भएपछि त्यसको ‘साइड इफेक्ट’ मधेस सरकारमा परेको हो । जसपा नेपाल विभाजन भएपछि त्यसलाई ‘गोल्डेन चान्स’ ठान्दै प्रदेश सरकारका सत्तारुढ दलहरू माओवादी र एमालेले नयाँ सरकार निर्माण गर्ने गृहकार्यमा लागेका थिए ।

    सोहीअनुसार कसले सरकारको नेतृत्व लिने भन्ने सवालमा तारन्तार यी दुवै दलहरूबिच आन्तरिक छलफल हुँदै आएको थियो । तर, अहिलेसम्म कसको नेतृत्व भन्नेमा ठोस सहमति जुटिसकेको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ