काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।
यस्तै, उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् । यादव अमेरिका भ्रमणबाट फर्किएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा उनको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यादव विदेश हुँदैमा उनी नेतृत्वको जसपा नेपाल विभाजित भएको थियो । आइतबार अशोक राईको नेतृत्वमा जसपा विभाजित बनेपछि निर्वाचन आयोगले सोमबार आधिकारिकता पनि दिएको थियो ।
यादव विदेशमै रहेको बेलामा राईको नेतृत्वमा जसपा नेपाल विभाजित हुँदा यसमा सत्तारुढ एमाले र माओवादी केन्द्रको हात रहेको आरोप लाग्दै आएको छ ।
प्रतिक्रिया