बझाङ । बझाङ-१ प्रदेश सभामा नेकपा एमालेको अग्रता कायमै रहेको छ । मतगणना अन्तिम चरणमा पुग्ने लाग्दा पनि एमालेको अग्रता कायमै रहेको हो ।
२८ हजार ५ सह्य ६८ सदर मत गन्दा एमालेले ३ सय ४२ मतको अग्रता बनाएको छ । एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ११ हजार १ सय ३ मत ल्याउँदा कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ७ सय ६१ मत ल्याएका छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ७ सय ९७ मत तथा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १० मत ल्याएका छन् ।
प्रतिक्रिया